मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज 'रेस्ट डे' : पोखरा पुछारमा, कसको कति अंक ?

hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज आइतबार कुनै पनि खेल हुने छैनन्। पूर्वनिर्धारित खेलतालिका अनुसार आज प्रतियोगितामा विश्राम (रेस्ट डे) राखिएको छ।

भोलि सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा दुईवटा रोमाञ्चक खेलहरू हुनेछन्। मध्यान्ह १२:३० बजे सुरु हुने दिनको पहिलो खेलमा अङ्कविहीन रहेको पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् भने साँझ ४:३० बजे हुने दोस्रो खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच कडा प्रतिस्पर्धा हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)