अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
ratopati.com · Sun Nov 08 01:00:28 UTC 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो ।
मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिए। “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उनले भने, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)