इजरायलमा राष्ट्रपति हर्जोगले आइजेनकोटलाई दिए सरकार बनाउने जिम्मा
barnanmedia.com · Sun Nov 08 01:20:38 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएका छन् । शनिबार साँझ निर्णयबारे जानकारी गराएका हर्जोगले आइतबार औपचारिक रूपमा उनलाई म्यान्डेट हस्तान्तरण गर्नेछन् ।
अक्टोबर २७ को निर्वाचनमा कुनै पनि पक्षले बहुमत हासिल नगरेपछि हर्जोगले राजनीतिक दलहरूसँग परामर्श गरेका थिए । त्यसक्रममा ६७ सांसदले आइजेनकोटलाई समर्थन गरेका थिए भने वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पक्षमा ४६ सांसद थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)