मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतका लागि प्रस्तावित चारै न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

gorkhapatraonline.com · Sun Nov 08 01:18:20 UTC 2026

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको छ । न्याय परिषद्को असोज २० गतेको सिफारिस अनुसार नियुक्तिपूर्वको संसदीय सुनुवाइ प्रक्रिया सकिएको हो । अब सिफारिस न्यायाधीशलाई नियुक्तिको बाटो खुलेको छ ।

परिषद्ले सर्वोच्चका लागि उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत पाटनका न्यायाधीश चन्द्रबहादुर सारू, उच्च अदालत पाटनको हेटौँडा इजलासका न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीलाई सिफारिस गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)