मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

annapurnapost.com · Sun Nov 08 01:12:01 UTC 2026

काठमाडौं : नेपालीहरूको महान् पर्व तिहार अन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैसाथ परेको छ। तिथीको घटबढका कारण आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

आज बिहान यमराजको दूत मानिने कुकुरलाई पूजा आराधना गर्दै माला लगाइदिने, टीका लगाउने र मीठा-मीठा परिकार खान दिने परम्परा छ। धार्मिक विश्वास अनुसार यसरी कुकुरलाई पूजा गर्दा यमलोक जाँदा बाटो खुल्ने जनविश्वास छ। घरको सुरक्षा र आज्ञापालक स्वभावका कारण पनि कुकुरलाई मानिसको सबैभन्दा बफादार साथी मानिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)