सहरको मागले गाउँमा घिउ अभाव
gorkhapatraonline.com · Sun Nov 08 01:26:51 UTC 2026

इलाम, कात्तिक २२ गते । इलामका गाउँमा उत्पादन हुने घिउ काठमाडौँ, बुटवल, विराटनगरलगायतका सहरमा माग बढेपछि जिल्लामै घिउको अभाव देखिन थालेको छ । ठुला सहरका व्यापारी गाउँमै रहेका डेरी तथा कृषि उद्योगसम्म पुगेर घिउ खरिद गर्न थालेपछि स्थानीय बजारमा घिउको आपूर्ति घटेको हो ।
यसअघि इलामका विभिन्न गाउँबाट घिउ खरिद गरी इलाम, झापा, विराटनगर हुँदै काठमाडौँसम्म बिक्री गर्दै आएका इलामका व्यवसायी अहिले पर्याप्त घिउ सङ्कलन गर्न नसक्ने अवस्थामा पुगेका छन् । माग अनुसार घिउ उपलब्ध हुन नसक्दा जिल्लाभित्रै यसको अभाव देखिन थालेको इलाम बजारका व्यवसायी विनय तिम्सिनाको भनाइ छ । उहाँको पसलमा अहिले दैनिक ६० किलोग्रामसम्म घिउको माग भए पनि २० किलोमात्र बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)