केश्म टापुमा अमेरिका र इरानको भिडन्त, इरानको सूचना दिनेलाई दुई करोड डलर पुरस्कार दिने घोषणा
kendrabindu.com · Sun Nov 08 01:32:33 UTC 2026

तेहरान । इरानले ‘स्ट्रेट अफ हर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार इरानको हवाई प्रतिरक्षा बलले शनिबार सो दाबी गरेको हो।इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए।
यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ। ती अधिकारीले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको अल जजिराले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)