मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज कुकुर तिहार, कुकुरलाई पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै

nepalsamaya.com · Sun Nov 08 01:27:44 UTC 2026

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार मनाउन लागिएको हो।

हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको द्वारपाल तथा दूतका रूपमा लिने धार्मिक विश्वास छ। यमलोकको द्वारमा बस्ने श्याम र सबल नामका दुई कुकुरले यमराजको सन्देशवाहकका रूपमा काम गर्ने धार्मिक मान्यता रहेको छ। त्यसैले कुकुर तिहारका दिन कुकुरको पूजा गरी सम्मान गर्ने परम्परा रहिआएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)