मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चिटिक्क सिँगारियो बुटवल

gorkhapatraonline.com · Sun Nov 08 01:38:40 UTC 2026

रुपन्देही, कात्तिक २२ गते । तिहार सुरु भएसँगै बुटवलको मुख्य बजारक्षेत्र चिटिक्क सिँगारिएको छ । बुटवलको चौराहा, अस्पताल लाइन, ट्राफिक चोक, हुँगोलपार्क तथा अमरपथ सडकक्षेत्रमा बुटवल उपमहानगरले बिजुलीबत्ती (झालर) टाँगेर झिलिमिली बनाएको छ ।

दीपावली आफैँमा उज्यालो पर्व भएकाले बुटवललाई उज्यालो सहरका रूपमा विकास गर्न साजसज्जा गरिएको बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)