मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जनावरप्रति समर्पित उत्सव हुने

gorkhapatraonline.com · Sun Nov 08 01:40:45 UTC 2026

काठमाडौँ, कात्तिक २२ गते । ललितपुरको भैँसेपाटीस्थत स्नेहाज केयरले कुकुरतिहार र गाईतिहारका अवसरमा ‘पन्जा फेक्ट’ उत्सव मनाउने भएको छ ।

स्नेहाज केयरले विभिन्न कारणले घाइते भएका जनावर, सडक कुकुर, बलि चढाउन लागिएका बोका, राँगालगायत जोखिमपूर्ण अवस्थामा रहेका जनावरको उद्धार, उपचार र पालनपोषणसमेत गर्दै आएको छ । स्नेहा श्रेष्ठले सञ्चालन गर्नुभएको स्नेहाज केयरले हरेक वर्ष जस्तै यस वर्ष पनि कुकुरतिहार र गाईतिहारका अवसरमा ‘पन्जा फेक्ट’ उत्सव मनाउन लागेको जानकारी दिएको छ । स्नेहाज केयरका संस्थापक श्रेष्ठले यस वर्ष ‘पन्जा फेक्ट’ उत्सवमा नेपाली र विदेशी गरी करिब छ हजार जनाभन्दा बढीको सहभागिता रहने जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)