सर्प संरक्षक यम : पहिले डराउँथे, अहिले रमाउँछन्
ratopati.com · Sun Nov 08 01:36:33 UTC 2026

काठमाडौँ । सानो छँदा उनी सर्प भनेपछि डराउँथे, भाग्थे । सर्पले टोक्छ भनेर गाउँमा सर्प मार्ने प्रवृत्ति थियो । कति जनाले भालाले सर्प मारेको उनले आफ्नै आँखैले देखेका थिए । हो,सल्यानका उनै यम रावत पढ्नका लागि जब पोखरा पुगे, तब सर्पको महत्वबारे बल्ल थाहा पाए । अनि बदलियो सर्पबारे उनको धारणा ।
पोखराको वन विज्ञान अध्ययन संस्थान (आईओएफ) मा स्नातक तह पढ्दै गर्दा यमलाई सर्पबारे जिज्ञासा लाग्न थाल्यो । कलेजमा माथिल्लो कक्षामा पढ्नेहरू सर्पको उद्धार गर्न घर–घर पुग्थे । उनीहरू वातावरणका लागि सर्पको महत्त्व र आवश्यकताबारे अरूलाई बुझाउँदै हिँड्थे । सल्यानमा सर्प मारेको देखेका यमलाई पोखरामा सर्प बचाउने अभियान चलेको देख्दा अनौठो लाग्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)