कर्णाली सरकारले १०० दिन : के-के भयो उपलब्धि ?
kendrabindu.com · Sun Nov 08 01:46:34 UTC 2026

कर्णाली । कर्णाली प्रदेश सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेश सुर्खेत, वीरेन्द्रनगरमा आज आयोजित ‘पत्रकार भेटघाट तथा दीपावली शुभकामना आदानप्रदान कार्यक्रम’मार्फत प्रदेश सरकार गठनको १०० दिनको उपलब्धि सार्वजनिक गरिएको हो।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकारले १०० दिनमा अपेक्षित काम गरेको दाबी गर्दै कात्तिक २० गतेसम्म पुँजीगत तीन दशमलव ९३ र चालु १२ दशमलव २४ प्रतिशत गरी कूल सात दशमलव २० प्रतिशत खर्च भएको बताए। ‘यो खर्च प्रगति गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकभन्दा बढी हो । स्रोत तथा जनशक्ति अभाव भए पनि नियमित काम धमाधम अगाडि बढिरहेका छन्,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)