मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनको राजधानी किभमा रुसको आक्रमण

kendrabindu.com · Sun Nov 08 01:55:09 UTC 2026

किभ । रुसी सेनाले शनिबार बिहान युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ। किभका मेयर भिताली क्लित्स्कोले आक्रमणका क्रममा खसेको क्षेप्यास्त्रको अवशेषले एक आवासीय भवनमा क्षति पुर्‍याएको जानकारी दिएका छन्।

मेयर क्लित्स्कोले टेलिग्राममा लेखेका छन्, ‘किभका उपनगरहरूमा ठूला विस्फोट भएका छन्। शत्रु पक्षले ब्यालिस्टिक क्षेप्यास्त्रमार्फत पूर्वाधारलाई लक्षित गरिरहेको छ।’ उनका अनुसार राजधानीको पश्चिमी जिल्लामा रहेको पाँच तले अपार्टमेन्ट भवनमा क्षेप्यास्त्रको अवशेष खसेको थियो भने अर्को एक आवासीय भवनको बाहिरी भाग (फासाड) मा पनि क्षति पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)