चीनसँगको दूरी छोट्याउने लक्ष्यसहित दोलालघाट–चर्नावती सुरुङमार्गको अध्ययन अघि बढ्यो
bishowkhabar.com · Sun Nov 08 01:58:56 UTC 2026

काठमाडौं – काभ्रेपलाञ्चोकको दोलालघाटदेखि दोलखाको चर्नावती जोड्ने प्रस्तावित सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढाइएको छ । पहाडी सडकका घुम्ती र लामो दूरीलाई छोट्याउँदै सुरक्षित तथा सहज यातायात सञ्चालन गर्ने उद्देश्यसहित सरकारले ‘दोलालघाट–चर्नावती सुरुङमार्ग’ लाई प्राथमिकतामा राखेको हो ।
चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण प्रक्रियाका लागि १८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेट विनियोजनसँगै लामो समयदेखि चर्चामा रहेको यो आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढ्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)