सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व नरक चतुर्दशी
hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ । तिहारअन्तर्गत यमपञ्चकको एक महत्वपूर्ण दिन नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ । यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ ।
सनातन हिन्दू दर्शनमा मानिसले गरेको कर्मअनुसार मृत्युपछि स्वर्ग वा नर्क प्राप्त हुने विश्वास रहिआएको छ । सत्कर्म गर्ने मानिस स्वर्ग जाने र नराम्रो कर्म गर्नेले नर्कको दुःख भोग्नुपर्ने धार्मिक मान्यता छ । यही मान्यतालाई स्मरण गराउने दिनका रूपमा नरक चतुर्दशीलाई लिने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)