मापसेसहित ४२७ सवारी चालक उपत्यकामा ट्राफिक कारबाहीमा
hamrakura.com · Sun Nov 08 00:00:00 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४२७ सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ कात्तिक २२ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उनीहरू कारबाहीमा परेका हुन्।
कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने ७९, मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३, सिसीटिभीमार्फत पहिचान भएका ३१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २१, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १५ र सवारीको अवस्था ठीक नभएका १७ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)