मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज यी तीन प्रदेशका हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

bishowkhabar.com · Sun Nov 08 02:08:35 UTC 2026

काठमाडौं– नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)