नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा
bishowkhabar.com · Sun Nov 08 02:17:01 UTC 2026

काठमाडौं – २२ कात्तिक। परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको अन्ताल्या पुग्नुभएको छ ।
नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ अर्थात् कात्तिक २३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनुहुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)