यू–१९ एसिया कपमा आज भारत र पाकिस्तान भिड्दै, सेहवागका छोरा र उस्मान खानमाथि नजर
bishowkhabar.com · Sun Nov 08 02:28:25 UTC 2026
काठमाडौं – यू–१९ एसिया कप क्रिकेटअन्तर्गत चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल आज (आइतबार) हुँदैछ । ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः३० बजे सुरु हुनेछ । टस बिहान १० बजे हुनेछ ।
प्रतियोगितामा दुवै टोलीले विजयी सुरुआत गरेका छन् । भारतले पहिलो खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानले संयुक्त अरब इमिरेट्स (यूएई लाई ९ विकेटले हराएको थियो । त्यसैले आजको खेल दुवै टोलीका लागि समूहमा आफ्नो बलियो स्थिति कायम राख्ने अवसर हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)