मस्तिष्कले शरीरको विपरीत भाग नियन्त्रण गर्नुको रहस्य के हो?
swasthyakhabar.com · Sun Nov 08 02:24:00 UTC 2026

हाम्रो मस्तिष्कको देब्रे भागले शरीरको दाहिने भाग र दाहिने भागले शरीरको देब्रे भाग नियन्त्रण गर्छ। स्नायु प्रणालीको यो विशेष व्यवस्था किन विकसित भयो भन्ने प्रश्न वैज्ञानिकहरूका लागि लामो समयदेखि चासोको विषय रहँदै आएको छ। हालै गरिएको एक अध्ययनले यसको सम्भावित कारण करोडौँ वर्ष पुरानो विकासक्रमसँग जोडिएको हुन सक्ने नयाँ परिकल्पना अघि सारेको छ।
अमेरिकाको मिनेसोटा विश्वविद्यालयका स्नायु वैज्ञानिक तथा अवकाशप्राप्त सहप्राध्यापक डा. मार्टिन वेसनडर्फ र संज्ञानात्मक स्नायु विज्ञान तथा स्नायु क्षयसम्बन्धी रोगका अनुसन्धानकर्ता ड्यानियल वाङले मस्तिष्क र शरीरबीचको यो विपरीत सम्बन्धको विकासक्रमबारे अध्ययन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)