युरोपभर डेटा सेन्टरको विरोध गर्दै प्रदर्शन, माइक्रोसफ्टको निर्माणस्थलमा छिरे प्रदर्शनकारी
kendrabindu.com · Sun Nov 08 02:39:29 UTC 2026

एम्स्टर्डम । युरोपभर फैलिँदै गएको डेटा सेन्टरविरोधी आन्दोलनअन्तर्गत नेदरल्यान्ड्सको एम्स्टर्डड्ममा शुक्रबार प्रदर्शनकारीहरू माइक्रोसफ्टको नयाँ डेटा सेन्टर निर्माणस्थलमा प्रवेश गरेका छन् । यसक्रममा केही प्रदर्शनकारीहरूले क्रेनमा चढेर आगो बालेका थिए भने केहीको प्रहरीसँग झडप भएको थियो ।
स्थानीय प्रसारणकर्ता ‘एटी फाइभ’ सँग कुरा गर्दै विरोध समूह ‘गेफ टेगेनगास’ का नाथन टिम्मरले निर्माण रोक्ने उद्देश्यले प्रदर्शनकारीहरूले उक्त स्थान कब्जा गरेको बताएका छन् । ऊर्जाको अत्यधिक खपत गर्ने यी ठूला संरचनाहरूले पार्ने सामाजिक तथा वातावरणीय प्रभावको विरोध गर्दै प्रदर्शन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)