लगातार बढिरहेको तापक्रम, अहिलेसम्मकै गर्मी बन्यो अक्टोबर
nagariknews.nagariknetwork.com · Sun Nov 08 02:19:18 UTC 2026

जलवायु परिवर्तनको असर झन् भयावह बन्दै गएको छ। सन् २०२६ को अक्टोबर अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर महिनाका रूपमा रेकर्ड भएको छ। यस अवधिमा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको तुलनामा १.७५ डिग्री सेल्सियस बढी मापन गरिएको छ।
युरोपेली संघको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सी३एस) र युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट्स (ईसीएमडब्ल्यूएफ) का अनुसार विश्वको सरदर तापक्रम लगातार तेस्रो महिनासम्म १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)