एनपीएल : लुम्बिनीको अपराजित यात्रामा ब्रेक, काठमाडौंको लय फर्कियो, पोखरा अझै जितविहीन
nagariknews.nagariknetwork.com · Sun Nov 08 02:59:45 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा अहिलेसम्मका खेलले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएका छन्। उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको लुम्बिनी लायन्सले पहिलो हार बेहोरेको छ भने सुरुवाती खेलमा पराजित भएको काठमाडौं गोर्खाज लगातार तीन जित निकाल्दै उपाधिको दाबेदारका रूपमा देखिन थालेको छ।
प्रतियोगिताको १८औँ खेल शनिबार सम्पन्न भएसँगै आज (आइतबार) एक दिन विश्राम दिइएको छ। कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्मका खेलले कुनै पनि टोलीको उपाधि यात्रा सहज नरहेको देखाएका छन्। केही टोलीले निरन्तरता कायम राखेका छन् भने केहीका लागि सुरुवाती प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)