मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फागुनभित्र स्थानीय तह निर्वाचन गराउने आयोगको तयारी, मतदाता नामावली अद्यावधिक हुँदै

bishowkhabar.com · Sun Nov 08 03:09:49 UTC 2026

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुनभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ । निर्वाचनका लागि आवश्यक स्रोत–साधनको व्यवस्थापन, मतदाता नामावली अद्यावधिक तथा सरकार र राजनीतिक दलहरूसँगको परामर्शलाई आयोगले तीव्रता दिन थालेको हो ।

स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल आगामी ३० वैशाखमा सकिने भएकाले त्यसअघि नै निर्वाचन सम्पन्न गरी नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरी आयोगले गृहकार्य गरिरहेको छ । कानुनी व्यवस्थाअनुसार कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)