मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मादलको व्यापार सङ्कटमा

gorkhapatraonline.com · Sun Nov 08 03:18:37 UTC 2026

सङ्खुवासभा, कात्तिक २२ गते । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा लाग्ने बुधबारे र शनिबारे साप्ताहिक हाटबजारमा मादलको आवाज निकै बाक्लो सुनिन थालेको छ । तिहार नजिकिएसँगै बुधबारे र शनिबारे हाटमा मादल घन्किएको सुनिन थालेपछि तिहार लागेको रौनक हुने गरेको छ ।

अन्य समयको तुलनामा तिहारमा मादल बिक्री बढी हुने भएकाले मादल व्यापारी यतिबेला व्यस्त हुनुहन्छ । टाढा टाढाका मानिस बजारमा मादल किन्न आउने भएकाले व्यापारीले बुधबारे र शनिबारे हाटबजारलाई नै केन्द्रित गरेर मादल बेच्न ल्याउने गरेको पाइन्छ । कतिपय मानिस पुरानो मादल बजारमै मर्मत गर्नसमेत ल्याउने भएकाले तिहारको समयमा मादलको रौनक बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)