इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार
kendrabindu.com · Sun Nov 08 03:24:30 UTC 2026
काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । सिटी ग्राउन्डमा प्राप्त जितपछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ भने सिटी आफै लगातारको खराव प्रदर्शनले संकटमा परेको छ ।
फरेस्टका लागि लियान डेलापले दुई गोल गरे । यस्तै अर्को गोल जइर कुन्हाले गरे । रायन सेर्कीले सिटीका लागि एक गोल फर्काए । यो नतिजापछि सिटी २१ अंकमा दोस्रो स्थानमा रह्यो र यो शीर्षमा रहेको आर्सनलसँग छ अंकको दूरी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)