मुन्दुम पमुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालनदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन
reportersnepal.com · Sun Nov 08 03:03:38 UTC 2026

भोजपुर । मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।
कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । टुरिजम डट कोशी डट जिओभी डट एनपीबाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)