मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी स्नान र दीपदान गरियो

ratopati.com · Sun Nov 08 03:32:19 UTC 2026

काठमाडौँ । अरुणोदयकालअघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी आज बिहान नरक चतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरेर यो पर्व मनाइन्छ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले नेपालीले गरेका छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)