मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घाइते

kendrabindu.com · Sun Nov 08 03:52:54 UTC 2026

काठमाडौं । जापानको मध्य क्षेत्रमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन् । भूकम्पका कारण पसलका सिसा फुटेका छन् भने मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर भागेका थिए ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले भूकम्पको तीव्रता ५.७ म्याग्निच्युड मापन गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भने यसको तीव्रता ५.५ म्याग्निच्युड रहेको जनाएको छ । भूकम्पपछि साना परकम्पसमेत गएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)