मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ दिनमै तीन हजारभन्दा बढी पर्यटक सिक्लेसमा, दैनिक औसत ५२४ जनाको आगमन

bishowkhabar.com · Sun Nov 08 03:52:51 UTC 2026

काठमाडौं – पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । पछिल्लो छ दिनमा मात्रै तीन हजार १४६ जना पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् ।

मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख अर्थात् कात्तिक १५ देखि २० गतेसम्म उक्त सङ्ख्यामा पर्यटक सिक्लेस पुगेका हुन् । यस अवधिमा दैनिक औसत ५२४ जना पर्यटक गाउँ भित्रिएको उहाँले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)