मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

nepalviews.com · Sun Nov 08 04:07:16 UTC 2026

काठमाडौं । हिन्दु धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार कार्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ भनिन्छ । सुखरात्रिको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिनुको कारण र यससँग जोडिएका विभिन्न धार्मिक मान्यताबारे व्याख्या गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)