पाँच मिनेटको दुरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती
onlinekhabar.com · Sun Nov 08 03:46:49 UTC 2026

२२ कात्तिक, रूपन्देही । रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरबलिया गाउँका बासिन्दाका लागि नदीपारिको बस्ती पुग्नु सामान्य काम होइन । पाँच मिनेटमै पैदल पार गर्न सकिने नदी तर्न उनीहरूले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । सवारीसाधनमा जाँदासमेत डेढदेखि दुई घण्टासम्म लाग्छ ।
तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नदीको वारि र पारि रहेका बस्तीका बासिन्दाले वर्षौंदेखि यस्तो सास्ती भोग्दै आएका छन् । यसको प्रत्यक्ष असर स्थानीयको दैनिक जीवन, खेतीपाती, कृषि उपजको ओसारपसार र आवतजावतमा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)