तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिन्छु : कुलमान
ratopati.com · Sun Nov 08 04:14:15 UTC 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङले तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका अँध्यारा दिनहरू सम्झिने गरेको बताएका छन् ।
एक प्रेस नोटमार्फत उनले भनेका छन्– 'झिलिमिली बत्तीको पर्व, दिदी–बहिनी र दाजुभाइबिचको आत्मीय ताको पर्व, तिहार, हाम्रो घरघर मा उज्यालो छर्ने आशाको सम्झना हो । तिहारको झिलिमिली देख्दा २०७३ सालअघिका ती अँध्यारा दिनहरू सम्झिन्छु। उज्यालोको पर्वसमेत अन्धकारमा मनाउनुपर्ने बाध्यता थियो। तर तपाईंहरूको साथ, विश्वास र हाम्रो दृढ संकल्पले असम्भवलाई सम्भव बनायो। देश लोडसेडिङमुक्त भयो, देशको करिब हरेक घरमा बत्ती पुर्यायौँ, आज नेपाली बिजुली विदेशसम्म पुगेको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)