सामाजिक सञ्जाललाई व्यवस्थित बनाउन किन ढिलाइ हुँदैछ ?
nepalsamaya.com · Sun Nov 08 04:16:00 UTC 2026

आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल मानिसको जीवनको अभिन्न अंग बनिसकेका छन्। अझ भनौँ, मानिसमा यसको लत यसरी बसेको छ कि अब यसबिना बाँच्नै नसक्ने परिस्थिति सिर्जना हुँदै गएको छ।
अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, ज्ञानको आदानप्रदान र व्यापार–व्यवसाय प्रवद्र्धनमा सामाजिक सञ्जालका विभिन्न स्वरूपले ठूलो योगदान पुर्याएका छन्। त्यसैले विज्ञानसँगै ज्ञानलाई पनि सँगसँगै अघि बढाइनुपर्छ। बालकृष्ण समले भनेझैँ, ‘ज्ञान विज्ञानले हात जोड्नु पर्दछ कर्ममा’ भन्ने कुरालाई पनि हामीले मनन गर्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)