श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?
corporatenepal.com · Sun Nov 08 04:13:45 UTC 2026

काठमाडौँ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले सरकारी पूर्वाधार निर्माणदेखि उद्योग, कलकारखाना, परामर्श, सूचना प्रविधि तथा अन्य सार्वजनिक खरिदमा आबद्ध श्रमिकको उचित पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम अधिकार सुनिश्चित गर्दै बिचौलियाबाट हुने ठगी, श्रम शोषण र दुर्घटनामा असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने कानुनी व्यवस्था गरेको बताइन् ।
उनका अनुसार काम र सीपअनुसार न्यूनतम ज्यालाको सुनिश्चितता गरिएको छ । सरकारी निर्माण तथा फिल्डमा (क्षेत्रीय श्रमिक) काम गर्ने श्रमिकका लागि न्यूनतम दैनिक पारिश्रमिक निर्धारण गरिएको छ । कार्यविधिअनुसार श्रेणी १ का आधारभूत सहयोगी (अदक्ष) (स्वीपर, कार्यालय सहयोगीलगायत) का लागि कुल दैनिकदर रु एक हजार ७४० कायम गरिएको छ । जसमध्ये प्रत्यक्ष खातामा आउने रु एक हजार ४५०, सामाजिक सुरक्षा सार्वजनिक निकाय साझेदारी १० प्रतिशतबापत रु १४५ र रोजगारदाता साझेदारी १० प्रतिशतबापत रु १४५ समावेश छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)