भक्तपुरमा गरियो सेनाका कुकुरको पूजा
ratopati.com · Sun Nov 08 04:33:44 UTC 2026

काठमाडौँ । नेपाली सेनाले भक्तपुरमा कुकुरको पूजा गरेर कुकुर तिहार मनाएको छ । आइतबार मध्यपुर थिमी स्थित सेनाको डग गुल्ममा कुकुरको पूजा सँगै प्रदर्शनी गरिएको हो ।
सेनाले खोज तथा उद्धार लगायतका काममा कुकुरको प्रयोग गर्दै आएको छ । कुकुर पूजा समारोहमा सेनाका उपरथी हरेन्द्र पाठकले ट्रयाकिङ र सर्च तथा पक्राउ गर्ने काममा कुकुरको भूमिका उल्लेखनीय रहने बताए । उनले भने, ‘कुकुरले फौजको काम गर्ने हौसला बढाउँछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)