मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्रीको आक्रोश र नेपालीको नियति : चुनाव जितेपछि जनतासँग किन टाढिन्छन् नेता ?

nagariknews.nagariknetwork.com · Sun Nov 08 04:40:25 UTC 2026

चुनावअघि जनताको घरदैलोमा पुग्ने, हात जोड्ने, समस्या सुन्ने र आफूलाई जनताको सेवक बताउने नेताहरू निर्वाचित भएपछि किन फेरिन्छन् ? मतदातासँगको सम्बन्ध किन पाँच वर्षे चुनावी चक्रमा सीमित हुन्छ ? नेपाली राजनीतिमा लामो समयदेखि उठ्दै आएको यो प्रश्न अहिले नयाँ पुस्ताका नेताहरूको उदयसँगै झन् पेचिलो बनेको छ।

गृहमन्त्री सुदन गुरुङले आफ्नै पार्टीको शुभकामना आदानप्रदान कार्यक्रमको औपचारिक मञ्च छाडेर बाहिरिएको घटनाले यही बहसलाई फेरि सतहमा ल्याएको छ। मञ्चमा बसेर भाषण गर्ने र जनताले तल बसेर सुन्ने परम्पराप्रति असन्तुष्टि जनाउँदै उनले प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनको यो अभिव्यक्ति केवल एउटा कार्यक्रमको व्यवस्थापनप्रतिको असन्तुष्टि मात्र होइन, पुरानो राजनीतिक अभ्यास बदल्नुपर्ने नयाँ नेताहरूको दाबीको उदाहरणका रूपमा पनि हेरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)