मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

barnanmedia.com · Sun Nov 08 04:35:11 UTC 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो ।

“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भन्नुभएको छ । उहाँले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)