रारा ताल
baahrakhari.com · Sun Nov 08 04:48:17 UTC 2026

मुगुस्थित नेपालकै ठूलो ताल, रारा । समुद्री सतहबाट करिब दुई हजार ९९० मिटरको उचाइमा अवस्थित रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने करिब १६७ मिटर गहिरो छ । सफा आकाश, वरपरका हरियाली डाँडा र ती डाँडाको छायाँ तालमा प्रतिबिम्बित हुँदा राराको सौन्दर्य झनै आकर्षक देखिन्छ । निलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडाको दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउने गरेको छ । तस्बिरस् अर्जुन गाहारनेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)