मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ढकमक्क फूलले ढाकियो धनकुटा

barnanmedia.com · Sun Nov 08 04:51:25 UTC 2026

धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् । तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटिकाको मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् ।

छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि यतिबेला खेतबारी नै व्यस्तताको केन्द्र बनेको छ । उहाँले सञ्चालन गर्दै आएको श्री पौडेल कृषि फर्ममा १० रोपनी जमिनमा लगाएको सयपत्री फूल अहिले बिक्रिका लागि धमाधम काम भइरहेको छ । तीन महिनाअघि रोपेका बिरुवा अहिले फूलले भरिएका छन् । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उहाँलाई भ्याइनभ्याइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)