मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दीपकराज गिरीको गाली पोस्टमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको कमेन्ट- मेरो सङ्गतले हो कि?

canadanepal.com · Sun Nov 08 05:07:00 UTC 2026

काठमाडौं - कलाकार तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र नकारात्मक टिप्पणीलाई लक्षित गर्दै लेखेको एक व्यङ्ग्यात्मक स्टाटस अहिले चर्चामा छ। गिरीको यो स्टाटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले गरेको टिप्पणीले यस विषयलाई थप रमाइलो र बहसको केन्द्रमा पुर्याएको छ।

दीपकराज गिरीले आफ्नो स्टाटसमा सुरुमा सामाजिक सञ्जालको गालीले निन्द्रा नै उडाउने गरेको र ज्योतिषसम्म पुग्नुपरेको प्रसंग उल्लेख गरेका छन्। उनले वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता हस्तीहरूले समेत गाली खानुपरेको यथार्थ देखेपछि आफ्नो चित्त बुझेको र अब गालीलाई नै जीवनको अंग बनाउनुपर्ने व्यङ्ग्य गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)