अब श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने
kendrabindu.com · Sun Nov 08 05:03:47 UTC 2026

काठमाडौं । सरकारी ठेक्का, निर्माण आयोजना, उद्योग, कलकारखाना तथा सार्वजनिक खरिदअन्तर्गतका सेवामा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । सरकारले सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्दै स्थायी मात्र नभई दैनिक ज्यालादारी, अस्थायी, मौसमी, पार्टटाइम र छोटो अवधिका श्रमिकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने व्यवस्था गरेको हो।
‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ अनुसार सरकारी ठेक्का तथा सार्वजनिक खरिदमा सहभागी हुने निर्माण व्यवसायी, श्रमिक आपूर्तिकर्ता, उद्योग, कलकारखाना, परामर्शदाता र अन्य सेवा प्रदायकले आफ्ना सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा दर्ता गरी नियमित योगदान जम्मा गर्नुपर्नेछ। श्रमिकको निःशुल्क दर्ता र परिचयपत्रको व्यवस्था गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)