दीपोत्सवमा दीप प्रज्वलनको अर्थ
annapurnapost.com · Sun Nov 08 05:04:02 UTC 2026

लक्ष्मीपूजालाई दीपावली, दीपमालिका र दीपोत्सव पनि भनिन्छ। बृहत् संस्कृत–नेपाली शब्दकोशमा दीपावली र दीपमालिकाको एउटै अर्थ उल्लेख छ– ‘दीपहरूको लहर’।
कार्तिक कृष्ण औंसीमा पर्ने लक्ष्मीपूजालाई दीपावली, दीपमालिका र दीपोत्सव पनि भनिन्छ। नेपाल संस्कृत विश्वविद्यालयबाट प्रकाशित बृहत् संस्कृत–नेपाली शब्दकोशमा दीपावली र दीपमालिकाको एउटै अर्थ उल्लेख छ— ‘दीपहरूको लहर’। पंक्तिबद्ध वा लहरै राखिएका दीपलाई ‘दीपावली’ र मण्डलाकार (गोलो आकार) गरेर सजाइएका दीपलाई ‘दीपमालिका’ भनिने तर्क पनि कतैकतै गरिएको पाइन्छ। पुराणहरूमा ‘दीपवृक्ष’को पनि उल्लेख छ, जसको अर्थ हो— रूखको आकारमा दीप बालिने शैली। दीपै–दीप बालेर गरिने उत्सव भएकाले यसलाई दीपोत्सव भनिएको हो। अर्थात्, यो दीपै–दीपको पर्व हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)