मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जापानमा ५.७ म्याग्निच्युडको भूकम्प

annapurnapost.com · Sun Nov 08 05:03:16 UTC 2026

काठमाडौं : शनिबार राति जापानमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पबाट कम्तिमा २२ जना घाइते भएका छन्। धेरै पसलका झ्यालहरू फुटेका छन्। शक्तिशाली भूकम्पका कारण मानिसहरू आफ्नो घर र भवनहरूबाट भाग्न बाध्य भएका थिए।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रिफेक्चरमा जमिनबाट ४० किलोमिटर मुनि थियो भने सबैभन्दा शक्तिशाली भूकम्प आइची प्रिफेक्चरमा महशुस गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)