*लियो बन्यो यसवर्षको सर्वोत्कृष्ट कुकुर
ratopati.com · Sun Nov 08 05:20:20 UTC 2026

काठमाडौं । अनुसन्धानमा संलग्न लियोलाई यसवर्षको सर्वोत्कष्ट कुकुर घोषणा गरिएको छ । महाराजगञ्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले लियोलाई सर्वोत्कृष्ण घोषणा गर्दै पुरस्कृत गरेको छ ।
प्रहरी प्रधान कार्यालयका डीआईजी ओम रानाले आइतबार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा लियोलाई अवार्ड प्रदान गरे । ल्याबराडोर रिट्रिभर जातको लियो भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै नुवाकोटमा खोज तथा उद्धारमा खटिएको थियो । प्रहरीले नुवाकोटमा दुईवटा ल्याबराडोर प्रयोग गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)