४० अर्बको गौतमबुद्ध विमानस्थल अलपत्र, निजी क्षेत्रको ७० अर्ब लगानी जोखिममा
lokaantar.com · Sun Nov 08 05:29:14 UTC 2026

ठूलो उत्साहका साथ रूपन्देहीको भैरहवामा चार वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानविहीन हुँदा लगानी निष्क्रियताको संकट गहिरिँदै गएको छ । लामो समयसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ कि हुँदैन भन्ने प्रश्नको वरिपरि एयरपोर्ट केन्द्रित छ । आशा गरिएको नयाँ सरकारले पनि छ महिनासम्म विमानस्थलकेन्द्रित कुनै योजना र चासो नदेखाउँदा ‘जीबीआईए’ हेरेर लगानी गरेको निजी क्षेत्रको लगानी निसासिने अवस्थामा पुगेको छ ।
मुलुकको हवाई क्षेत्रलाई आधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसहित सरकारले झन्डै ४० अर्ब रुपैयाँ खर्चेर चार वर्षअघि एयरपोर्ट निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो । निजी क्षेत्रले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणबाट विमानस्थलमा हवाई रुटसँगै सञ्चालनको योजना आउने आशा कुरेर बसेका छन् । एयरपोर्टमा २०८२ चैत ११ देखि कुनै अन्तर्राष्ट्रिय उडान नभएको अध्यागमन विभागका प्रमुख रामचन्द्र अर्याल बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)