मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

aarthiknews.com

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पहिरोका कारण राजमार्गमा दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे घोप्टेभीरमा सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)