मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल, छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

corporatenepal.com · Sun Nov 08 05:39:16 UTC 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो ।

मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसँैपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिनुभयो । “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उहाँले भन्नुभयो, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।”

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)