मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुकुर तिहारको अवसरमा गोल्याण फाउन्डेसनद्वारा ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु

baahrakhari.com · Sun Nov 08 05:44:10 UTC 2026

काठमाडौं । कुकुर तिहारको अवसर पारेर गोल्याण फाउन्डेसनले सामुदायिक कुकुरको संरक्षण, स्वास्थ्य सुरक्षा र पशुप्रति मानवीय व्यवहार प्रवर्द्धन गर्ने उद्देश्यले ‘एक दिनको माला होइन, हरेक दिनको माया’ अभियान सुरु गरेको छ । महानगरपालिका–१०, नयाँवानेश्वरस्थित छक्कुबक्कु टोलबाट अभियानको शुभारम्भ गरिएको हो ।

कुकुर तिहारमा एक दिन फूलमाला लगाएर सम्मान गर्ने परम्परालाई वर्षभरि नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान सुरु गरिएको फाउण्डेशनले जनाएको छ । अभियानबाट सामुदायिक कुकुरको स्वास्थ्य र सुरक्षासँगै पशुजन्य रोगको जोखिम न्यूनीकरण, मानव र जनावरबीचको सहअस्तित्व प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)