मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भोटेकोशी बाढीपछि उद्धारमा खटिएको ‘लियो’ बन्यो सर्वोत्कृष्ट

kendrabindu.com · Sun Nov 08 05:47:10 UTC 2026

काठमाडौं । गत भदौमा आएको विनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारमा महत्त्वपूर्ण योगदान पुर्‍याएको नेपाल प्रहरीको खोजी कुकुर ‘लियो’ सर्वोत्कृष्ट प्रहरी कुकुर घोषित भएको छ।

नेपालभर परिचालित प्रहरीका विभिन्न केनाइनले गरेका कामको मूल्याङ्कनका आधारमा लियोलाई यस वर्षको सर्वोत्कृष्ट छनोट गरिएको हो। कुकुरतिहारको अवसर पारेर नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित विशेष कार्यक्रममा लियोलाई मेडल प्रदान गरी सम्मान गरिएको छ। अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम रानाले लियोलाई मेडल प्रदान गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)